FAQs Complain Problems

धिर बहादुर शाही

ईमेल: 
shahidhiraj38@gmail.com
फोन: 
9851137809

                                                          गाउँपालिका अध्यक्षको तर्फबाट व्यक्त शुभकामना

चौकुने गाउँपालिका सुर्खेतको वस्तुगत विवरण तयार गरेकोमा मलाई अत्यन्त खुशी लागेको छ । कुनैपनि योजना वा कार्यक्रम तर्जुमाका निमित्त तथ्याङ्कको महत्वपूर्ण भूमिका रहन्छ र तथ्याङ्क पनि सहि हुनु अति आवश्यक हुन्छ ।  यिनै कुरालाई ध्यानमा राखि तथ्याङ्क संकलन गरिएको होला भन्ने कुरामा म विश्वस्त छु । स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ र स्थानीय तह स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ द्वारा प्रदत्त अधिकार क्षेत्र भित्र रही स्थानीय तहले गुणस्तरीय तथा प्रभावकारी सेवा दक्षताका साथ योजनावद्ध ढंगबाट सञ्चालन गर्नुपर्ने मान्यताका आधारमा चौकुने गाउँपालिकाले आफ्नो वस्तुस्थिति विवरण तयार गरेको छ । यस वस्तुस्थिति विवरणलाई गाउँपालिकाको  योजना तर्जुमा, कार्यान्वयन लगायतका प्रक्रियामा आधार बनाईएमा गाउँको समानुपातिक रुपमा समग्र विकासका लागि सहज हुने कुरामा विश्वास लिइएको छ । 

नेपालको संविधान २०७२, धारा २९५ को उपधारा ३ बमोजिम गठन भएका गाउँपालिका र नगरपालिकाहरुमा मिति२०७३।११।२७ देखि लागू हुने गरी ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका २४६ वटा नगरपालिका,४८१ वटा गाउँपालिका गरी ७४४ वटा स्थानीय तह तोकिएकोमा उक्त तोकिएका नयाँ संरचनाहरुको जानकारी प्राप्त गर्नका लागि यस बस्तुगत विवरणले केही सहयोग पुग्नेछ । साथै यस महत्वपूर्ण कार्यलाई सफल बनाउन प्रत्यक्ष योगदान पुर्‍याउने यस गाउँपालिकाका कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरु,सबै राजनीतिक दलका साथीहरु, एकिकृत योजना तर्जुमा समिति, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, वडा कार्यालयका सचिव, गाउँस्तरका विभिन्न सञ्जालहरूका साथै परामर्शदाताप्रति हार्दिक आभार प्रकट गर्दै यस चौकुने गाउँपालिकाको वस्तुस्थिति विवरण तयार कार्यमा प्राविधिक सहयोग गर्ने एसियन रिसर्च एण्ड ट्ेरनिङ्ग ईन्स्टिच्युट (आरती नेपाल) लाई विशेष धन्यवाद दिन चाहन्छु र गाउँपालिकाको वार्षिक तथा आवधिक योजना तर्जुमा, स्थानीय आवश्यकताको पहिचान, आन्तरिक श्रोत परिचालन लगायतका क्षेत्रमा यो वस्तुस्थिति विवरण महत्वका साथ प्रयोगमा ल्याउनका लागि सबैको सहयोगको अपेक्षा गर्दछु ।